संगठन - लुम्बिनी प्रदेशको आयोजना, बाँके - संगठनको व्यवस्थापन र संगठन - केन्द्रको सहजीकरणमा बैशाख १५ देखि १६ गते सम्म नेपालगन्जमा सन्चालन भएको नेपाल निजामती कर्मचारी संगठनको "प्रशिक्षक - प्रशिक्षण" एवं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको "सहकारी भेला" भव्यतापुर्वक सम्पन्न भएको छ । आवासीय रूपमा सन्चालित २ दिने प्रशिक्षण एवं भेलाले संगठन र सहकारीलाई अझै सुदृढ, सशक्त र प्रभावकारी ढंगले सन्चालन गर्न उत्प्रेरित गर्नेछ भन्ने विश्वास लिइएको छ । उत्कृष्ट व्यवस्थापन सहित कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबै साथीहरू, कल्पतरु होटल परिवार, प्रशिक्षकहरु, संगठन केन्द्रका आदरणीय अध्यक्ष - उपाध्यक्षहरु, महासचिव - उपमहासचिव - सचिवहरु, केन्द्रिय सदस्यहरु, संगठन - लुम्बिनी प्रदेशका अध्यक्ष - उपाध्यक्षहरु, महासचिव - सचिवहरु र सदस्यहरु, १२ वटै जिल्लाका संगठन र सहकारीका अध्यक्ष र सचिवहरु लगायत सम्पुर्ण सहभागीहरुमा हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु ।
जिल्ला कार्यसाितिको ११ अधिबेसन २०८१ माघ १२ गते निर्वाचित पदाधिकारीहरु
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस - २०८० को अवसरमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रिय कार्य समितिद्वारा आयोजित सहिद स्मृति मुल समारोहमा नेपाल निजामती कर्मचारी संगठन, बाँकेलाई लुम्बिनी प्रदेशको उत्कृष्ट संगठनको रूपमा पुरस्कृत !
नेपाल निजामती कर्मचारी संगठन, बाँकेको आयोजनामा आज "सहिद मनोज - झपेन्द्र - सुरेन्द्र स्मृति दिवस - २०८०" तथा "लुम्बिनी प्रदेश निजामती सेवा विधेयक - २०८०" छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । कर्मचारी संगठनका तर्फबाट विधेयकमा संशोधनका लागि प्रस्तुत गरेका सबै सुझावहरुलाई आफुले संशोधनका लागि संसदमा दर्ता गराएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य बसन्ती न्यौपानेद्वारा जानकारी, साथै त्यसलाई पारित गराउने प्रतिबद्धता व्यक्त !
सहिद मनोज-झपेन्द-सुरेन्द्र स्मृति दिवस-२०८० विविध कार्यक्रमको आयोजना गरि मनाइने लगायत समसामयिक विषयमा छलफल र निर्णय सहित संगठनको बैठक सम्पन्न l