बहालवाला मुख्य सचिव माथिल्लो ओहदाको लागि लालायित हुने र राजनीतिक दल तथा सरकारले देखाएको ललिपपमा रम्ने प्रवृत्ति र राजनीतिक दलहरुको आफ्नो मान्छे र आफ्नो स्वार्थ पूर्ति गर्ने पात्रको खोजि गर्ने प्रवृत्तिका कारण आज मुलुकी प्रशासन प्रभावहीन भएको छ l मुख्य सचिवमा पुग्ने व्यक्तिले आफ्नो पदको गरिमा जोगाउन र आफुलाई लाखौँ निजामती कर्मचारीहरुको अभिभावकको रुपमा स्थापित गर्ने तर्फ आफ्नो योग्यता, ज्ञान सिप र दक्षता लगाउनु पर्नेमा अवकाश पछिको लाभको लोभ र मोहका कारण राजनीतिक शक्ति प्रति लम्पसार पर्ने र राजनीतिक शक्ति रिझाउन जुनसुकै हर्कत गर्न पनि तम्तयार हुने प्रवृत्तिका कारण आज मुलुकको स्थाई सरकारको रुपमा मानिने निजामती प्रशासन पनि अस्थिर र अभिभावकविहिन जस्तो हुन पुगेको छ l यसपटक पनि मुख्य सचिव नियुक्ति स्वाभाविक र प्राकृतिक देखिएन l सचिवबाट तीन दिनपछि अवकाश हुन लागेका वैकुण्ठ अर्याल पदावधि सकिन साढे तीन महिना बाँकी रहेका मुख्य सचिव शंकरदास वैरागीलाइ राजिनामा दिन लगाई मुख्य सचिव बने l यसले “पदका लागि जे पनि जायज र अरु सबै कुरा गौण हुन्” भन्ने संदेश प्रवाह गरेको छ l उच्च आसनमा बसेर उच्च आदर्श, नैतिकता र मर्यादाको पाठ सिकाउनुपर्ने हाम्रा उच्च पदस्थबाट जहिले पनि यस किसिमका हल्का र आत्मकेन्द्रित निर्णय र व्यवहारका कारण नेपालको सिंगो निजामती प्रशासनले गतिलिन सकेको छैन । एक प्रकरले भन्ने हो भने बद्नाम जस्तो बनेको छ l
जिल्ला कार्यसाितिको ११ अधिबेसन २०८१ माघ १२ गते निर्वाचित पदाधिकारीहरु
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस - २०८० को अवसरमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रिय कार्य समितिद्वारा आयोजित सहिद स्मृति मुल समारोहमा नेपाल निजामती कर्मचारी संगठन, बाँकेलाई लुम्बिनी प्रदेशको उत्कृष्ट संगठनको रूपमा पुरस्कृत !
नेपाल निजामती कर्मचारी संगठन, बाँकेको आयोजनामा आज "सहिद मनोज - झपेन्द्र - सुरेन्द्र स्मृति दिवस - २०८०" तथा "लुम्बिनी प्रदेश निजामती सेवा विधेयक - २०८०" छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । कर्मचारी संगठनका तर्फबाट विधेयकमा संशोधनका लागि प्रस्तुत गरेका सबै सुझावहरुलाई आफुले संशोधनका लागि संसदमा दर्ता गराएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य बसन्ती न्यौपानेद्वारा जानकारी, साथै त्यसलाई पारित गराउने प्रतिबद्धता व्यक्त !
सहिद मनोज-झपेन्द-सुरेन्द्र स्मृति दिवस-२०८० विविध कार्यक्रमको आयोजना गरि मनाइने लगायत समसामयिक विषयमा छलफल र निर्णय सहित संगठनको बैठक सम्पन्न l