निजामती क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरुले आफ्नो मागहरु पुरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकार समक्ष संयुक्तरुपमा पेश गरिएको सुझाव र मागहरु सम्बोधन नभएकाले यही भाद्र ६ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएका हुन् । ट्रेड युनियनहरुले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै भाद्र ६ देखि दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको जनाएका छन् । युनियनले तत्काल कर्मचारीमैत्री संघीय निजामती सेवा, ऐन जारी गर्न सरकार र संसदलाई दबाब दिन लामो सयमदेखि देशैभरका कर्मचारीहरु शान्पिुणर् आन्दोलनमा रहेको जनाएको छ । तर पनि मागहरु सम्बोधन नभएकाले आफुहरु बाँकेसहित देशैभर दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको नेपाल निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईले जानकारी दिनभुयो । आन्दोलन स्वरुप भाद्र ६ देखि जिल्लास्थित तीनै तहका सरकारी कार्यालयहरुमा मागसहित कालो ब्यानर राख्ने र कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी कामकाज गर्ने भएका हुन । ‘अब पनि हाम्रा न्यायिक र जायज मागहरुको सुनुवाई र सम्बोधन गर्ने कार्य नभएमा थप सशक्त बिरोध गर्नेछौं ।’ नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धव प्रसाद श्रेष्ठले भन्नुभयो, ‘सशक्त बिरोध र आन्दोलनका कार्यहरु पश्चात थुपैै्र असर असहज परिस्थिति सृजना हुनेछ र त्यसको जिम्मेवार स्ंवय सरकार नै हुनेछ ।’ यसैबीच राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीमाथि उद्योगी व्यवसायीहरुबाट भएको दुव्र्यवहार घट्नाको बिरोध गरेका छन् । कार्यालयको काम र तोकिएको जिम्मेवारी पुरा गर्न कार्यक्षेत्रमा खटिँदा कर्मचारीमाथि भएको हातपात र दुव्र्यवहारको टे्रड युनियनहरुले घोर भन्र्सना गरेका छन् । युनियनहरुले कर्मचारीमाथि हातपात गर्ने दोषीमाथि कानून बमोजिम कारबाहीको माग समेत गरेका छन् । साथै अब उपरान्त त्यस प्रकारको घट्ना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसंगको ध्यानाकर्षण समेत गराएका छन् । साउन २९ गते राजश्व कार्यालय कोहलपुरमा कार्यरत शाखा अधिकृत बाबुराम पन्थीले नेपालगञ्जमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने उहाँमाथि क्रममा उद्योगी व्यवसायीहरुले दुब्र्यवहार गरेका थिए । घट्नाको नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्टिय कर्मचारी संगठन (निजामती) र एकीकृत सरकारी कर्मचारी संगठन नेपाल बाँकेले बिरोध गरेका हुन ।
जिल्ला कार्यसाितिको ११ अधिबेसन २०८१ माघ १२ गते निर्वाचित पदाधिकारीहरु
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस - २०८० को अवसरमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रिय कार्य समितिद्वारा आयोजित सहिद स्मृति मुल समारोहमा नेपाल निजामती कर्मचारी संगठन, बाँकेलाई लुम्बिनी प्रदेशको उत्कृष्ट संगठनको रूपमा पुरस्कृत !
नेपाल निजामती कर्मचारी संगठन, बाँकेको आयोजनामा आज "सहिद मनोज - झपेन्द्र - सुरेन्द्र स्मृति दिवस - २०८०" तथा "लुम्बिनी प्रदेश निजामती सेवा विधेयक - २०८०" छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । कर्मचारी संगठनका तर्फबाट विधेयकमा संशोधनका लागि प्रस्तुत गरेका सबै सुझावहरुलाई आफुले संशोधनका लागि संसदमा दर्ता गराएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य बसन्ती न्यौपानेद्वारा जानकारी, साथै त्यसलाई पारित गराउने प्रतिबद्धता व्यक्त !
सहिद मनोज-झपेन्द-सुरेन्द्र स्मृति दिवस-२०८० विविध कार्यक्रमको आयोजना गरि मनाइने लगायत समसामयिक विषयमा छलफल र निर्णय सहित संगठनको बैठक सम्पन्न l